राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने राप्रपाको निर्णय

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बिहीबार हुने राष्ट्रपति निर्वाचनमा तटस्थ बस्ने भएको छ । राष्ट्रपति चयनका लागि बिहीबार हुने निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णयमा राप्रपा पुगेको हो ।

राप्रपाको केन्द्रीय समितिको बैठकले राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने निर्णय गरेको प्रचार विभाग प्रमुख समेत रहेका प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

‘राप्रपा राष्ट्रपति निर्वाचनमा कुनै पनि उम्मेदवारलाई भोट नहाल्ने, निर्वाचन प्रक्रियामा सहभागी नहुने निर्णय गरिएको छ,’ उनले भने । राष्ट्रपतिका लागि नेपाली काँग्रेसबाट रामभन्द्र पौडेल र नेकपा एमालेबाट सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रवि लामिछाने विरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी

काठमडौं । काठमाडौंको स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा संलग्न रहेको आरोपमा रास्वपाका सभापति रवि …

प्रतिकृया दिनुहॊस