मल्टिप्लेक्स हलबाट उत्रियो फिल्म ‘२.० छड्के’

काठमाडौँ । स्टार अनमोल केसीको ग्याङस्टार फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट बाहिरिएको छ । छड्के फिल्मलाई देशको सबैभन्दा ठुलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले रिलिजको छैटौँ दिनमा उतारेको हो ।

अन्य मल्टिप्लेक्स हल बिग मुभिज र वान सिनेमाजले भने एक-एक शो उपलब्ध गराएको छ । अनमोल केसीको छैटौँ दिनमा हलबाट उत्रिएको यो पहिलो फिल्म हो । अनमोलको फिल्मले निराशाजनक कमाइ गरेपछि हलबाट उतारिएको हो । एकै दिन प्रदर्शनमा आएको फिल्म ‘छक्का पन्जा ४’ ले बक्स अफिसमा आक्रमक कमाइ गरिरहेको छ ।

उक्त चलचित्रका वितरक सुनिल मानन्धरले निर्देशकले फिल्म कमजोर बनाएपछि दर्शक हलसम्म नआएका बताएका छन् । उनले भने, छड्के २ को कमाइ निकै कमजोर छ । यो अनमोलको अहिलेसम्म कै नचलेको फिल्म हो । वितरकको हिसाबले मैले पहिला फिल्म हेर्दिनँ, चलचित्रको लागि हामीले छायाङ्कन सुरु भएदेखि पैसा दिन्छौँ । तर फिल्म पूरा भएको छैन रहेछ र फिल्म खिच्ने भनेको ठाउँमा समेत खिचेको रहेनछ । निर्माण टिमले बच्चा खेलेको जस्तो फिल्म बनाएका रहेछन् ।

उक्त चलचित्र निगम श्रेष्ठको लेखन तथा निर्देशनमा बनेको हो भने, छड्केमा नायक अनमोल केसी सँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बा, रेशा आले मगर, देवकुमार श्रेष्ठ, सन्तोष मिजार, इफान अली, निगम श्रेष्ठ, चिरञ्जिवी अधिकारीलगायत कलाकारको अभिनय रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने भएको छ । अमेरिकामा फिल्म प्रदर्शनका लागि …

प्रतिकृया दिनुहॊस