घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौँ । सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज सुन र चाँदीकै मूल्य घटेको जानकारी दिएको हो ।

सोमबार होली पर्वका कारण सुनचाँदीको मूल्य निर्धारण भएको थिएन । आज सुनको मूल्य तोलामा ३०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ कायम भएको छ ।

आइतबार छापावाल सुनको मूल्य १ लाख २ हजार ८०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार ३०० रुपैयाँ कायम थियो । गत साताको शुक्रबारको तुलनामा तोलामा ३०० रुपैयाँले बढेको थियो ।

आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । यससँगै, आज चाँदीको मूल्य तोलामा १ हजार २६५ रुपैयाँ कायम छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री