होलीमा मापसे गरी सवारी चलाउने ४२६ जना कारवाहीमा

काठमाडौं । होलीको दिन सोमबार काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने ४२६ जना कारबाहीमा परेका छन् ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार काठमाडौं उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा मापसे गरेर सवारी साधन चलाउने ४२६ जनालाई कारबाही गरिएको हो ।

हर्न, रेडलाइट, लेन तथा अन्य सवारी नियम उल्लंघन गर्नेसहित दुई हजार ५५६ जना कारबाहीमा परेको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप