काठमाडौं । युरोपेली इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले सीमित अवधिको लागि नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प ल्याएको छ। क्याम्प फागुन १५ देखि नै सञ्चालन भइरहेको कम्पनीले जनाएको छ।
योजनाअन्तर्गत ग्राहकबर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा नि:शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.को उचित मूल्याङकनका साथ बेकोको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन्।
नयाँ बेको ए.सी.हरुमा १० वर्षको कम्प्रेसर वारेण्टी रहेको छ। साथै कम्पनीले ए.सी.को रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको ए.सी. खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।
यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले फोन नं ९८०३६२१९२४, ९८६४४७५५६९ मा अथवा इमेल मार्फत आफ्नो जानकारी रजिस्टर गराउनु पर्नेछ। र यो सुविधा ग्राहकवर्गहरुले घरमै बसी बसी लिन सक्नेछन्। नेपालभर बेको ब्राण्डको आधिकारीक विक्रेता सि.जी. इलेक्ट्रोनिक्स रहेको छ ।




