सुदूरपश्चिमका मुख्यमन्त्री शाहले पाए विश्वासको मत

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले विश्वासको मत पाएका छन् । आइतबार प्रदेश सभामा भएको मतदानमा उनले विश्वासको मत पाएका हुन् ।

शाहले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको मतदानमा शाहले ४१ मत पाएका हुन् । प्रस्तावको विपक्षमा ११ मत मात्रै पर्‍यो । मतदानमा ५२ जना उपस्थित भएका थिए ।

शाह गत माघ २६ गते प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतले मुख्यमन्त्री नियुक्त भएका थिए । तत्कालीन मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत नपाएपछि पदमुक्त भएका थिए । फागुन २६ गते प्रदेश सभामा उनले प्रस्तुत गरेको विश्वासको मत लिने प्रस्तावमाथिको छलफल नै अस्वीकृत भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री