ओखलढुंगामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु

काठमाडौँ । ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ दियालेमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

सदरमुकाम ओखलढुंगातर्फ गइरहेको ना १ ज ८४७३ नम्बरको जिपमा १३ जना सवार रहेका थिए । घटनामा परी ओखलढुंगाको चिसंखुगढी नगरपालिका–३ का स्थानीय भक्तबहादुर थापा र मीन बहादुर श्रेष्ठको मृत्यु भएको हो ।

घटनामा परी घाइतेहरूको थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री