माधव भण्डारीको ‘मालती’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक माधव भण्डारीको स्वरमा रहेको गीत ‘मालती’ सार्वजनिक भएको छ । भण्डारीलाई स्वरमा रूपी सिंजालीले साथ दिनुभएको गीतको भिडियो सार्वजनिक भएको हो । भण्डारीकै लय, शब्द, एरेञ्ज रहेको गीतको भिडियोलाई शुक्र लामाले निर्देशन गर्नुभएको छ ।

भिडियोमा निर्देशक लामासँगै सीता तामाङलाई फिचरिङ गरिएको छ । मरुभूमि नारायणको छायांकन र रोशन धितालको सम्पादन रहेको गीतको भिडियो माधव भण्डारी अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भण्डारीको पछिल्लो गीत ‘हल्ला चले चल्ला’को चर्चा भइरहँदा उहाँको अर्को गीत ‘मालती’ श्रोता/दर्शकमाझ आएको हो । गायक भण्डारीका धेरै गीत श्रोता/दर्शकमाझ लोकप्रिय छन् । आफ्ना यसअघिका गीत जस्तै यो गीतले पनि सबैको माया पाउनेमा आफू आशावादी रहेको भण्डारीले बताउनुभयो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने

काठमाडौँ । फिल्म ‘ज्वाइँ साब’ अमेरिका पनि प्रदर्शन हुने भएको छ । अमेरिकामा फिल्म प्रदर्शनका लागि …

प्रतिकृया दिनुहॊस