सुनचाँदी महासंघको १० औँ स्थापना दिवस

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघको १०औँ स्थापना दिवस शनिबार महासंघको केन्द्रीय कार्यालय नक्सालमा सम्पन्न भएको छ । महासंघ अध्यक्ष माणिकरत्न शाक्यले नेपाली परम्पराअनुसार दहीको सगुन बाँडेर स्थापना दिवसको उद्घाटन गर्नुभयो । उहाँले महासंघको स्थापना भएको १० वर्षमा महासंघले धेरै काम गरेको र बाँकी काम पनि सबै मिलेर गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

महासंघका सल्लाहकार तेजरत्न शाक्यले महासंघको स्थापनादेखि हालसम्मका विभिन्न पक्षबारे चर्चा गर्नुभयो भने महासंघका संस्थापक अध्यक्ष एवं विशिष्ट सदस्य मणिरत्न शाक्यले महासंघको स्थापना र त्यसयताका उपलब्धिबारेमा प्रकाश पार्नुभयो ।

महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले सञ्चालन गर्नुभएको कार्यक्रममा महासंघका उपाध्यक्ष दियेसरत्न शाक्य तथा महेन्द्ररत्न शाक्य, सचिव किरणभाइ बज्राचार्य, सह-कोषाध्यक्ष पद्मसुन्दर शाक्यलगायतको उपस्थिति रहेको थियो ।

स्थापना दिवसकै अवसरमा महासंघले शनिबार दिउँसो काठमाडौंको मूलपानीस्थित आमाको माया छात्रावासका विद्यार्थीलाई खाद्यान्न, लत्ताकपडा तथा स्टेसनरी र खेलकुद सामग्री सहयोग गरेको छ । छात्रावासका प्रमुख मदन चौधरीका अनुसार विभिन्न जिल्लाका ३० भन्दा बढी अनाथ विद्यार्थी छात्रावासमा आश्रित रहेका छन् ।

महासंघले स्थापना दिवसकै अवसरमा देशभर विभिन्न कार्यक्रम आयोजना गरेको छ । महासंघ प्रवक्ता मनोजकुमार साहका अनुसार विभिन्न प्रदेश महासंघ तथा जिल्ला तथा नगर संघले विभिन्न कार्यक्रम गरी दिवस मनाएका छन् । महासंघका उपाध्यक्ष शिवकुमार सर्राफको अध्यक्षतामा बारा सुनचाँदी व्यवसायी संघले पनि स्थापना दिवस मनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बाढीपीडितका लागि नाडाको राहत सहयोग

काठमाडौं । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले शनिबार बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गरेको छ। …

प्रतिकृया दिनुहॊस