काठमाडौं । सरकारले दूधको मूल्य प्रतिलिटर ९ रुपैयाँ बढाएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दूधको मूल्य लिटरमा ९ रुपैयाँले बढाएर ६५ रुपैयाँ प्रतिलिटर पुर्याउने निर्णय गरेको हो ।
किसानको लागत बढेको भन्दै मूल्य बढाउन कृषि मन्त्रालयबाट आएको प्रस्तावपछि सरकारले यस्तो निर्णय गरेको जनाइएको छ । यस अघि गत २७ माघ २०७८ मा तत्कालीन देउवा सरकारले दूधको मूल्य कम्तीमा ६ देखि १४ रुपैयाँसम्मले वृद्धि गरेको थियो ।
तपाईंको प्रतिकृया




