सन्दीप र आशिफको उत्कृष्ठ प्रदर्शनले नेपाल विजयी

काठमाडौं । नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई पराजित गरेको छ । नेपाली राष्ट्रिय क्रिकेटले आइसीसी विश्वकप लिग टू अन्तर्गतको आजको खेलमा नेपालले पिएनजीलाई ३ विकेटले पराजित गरेको हो ।

पिएनजीले दिएको १८० रनको लक्ष्य पछाएको नेपालले ४८ ओभरमा ७ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । नेपालको जितमा आसिफ सेख र सन्दीप लामिछानेले महत्वपूर्ण भूमिका खेलेका थिए । दुवैले आठौं विकेटका लागि ७७ रनको साझेदारी गरेका थिए । आसिफले अविजित ८६ रन बनाए भने सन्दीपले अविजित ३५ रन बनाएका थिए ।

नेपालका कुशल मल्लले २३ रन बनाएका बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन असफल भएका थिए । त्यस्तै पीएनजीका बलर आसाद भालाले ३ विकेट लिए भने सेमो कामेया र सेसे बाउले २-२ विकेट लिएका थिए ।

यसअघि दुबई इन्टरनेशल क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिला ब्याटिङ गरेको पपुवा न्युगिनीले नेपाललाई १८० रनको लक्ष्य दिएको थियो । पिएनजीले ४९.२ ओभरमा १७९ रनमा अलआउट भएको थियो । पिएनजीका लागि ओपनर टोनी उरा ३९, किप्लीन डोरिगा २६, हिरी हिरी ३१, गौडि टोकाले १५ रन र नोरम्यान भेन्युले १४ रन बनाए ।

नेपालका लागि सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान २–२ विकेट लिए । यस्तै करन केसी, सन्दिप लामिछाने र कुशल मल्लले एक–एक विकेट लिए । यो जितपछि आइइसीसी विश्वकप लिग–२ मा नेपाल ३१ खेलमा ३० अंकका साथ छैटौं स्थानमा छ भने पपुवा न्युगिनी ३१ खेलमा ७ अंकका साथ पुछारमा छ । जारी सिरिज अन्तर्गत अब अर्को खेल आइतबार पीएनजी र युएईबीच हुने छ भने सोमबार नेपालले युएईको सामना गर्ने तालिका रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

ट्वान्टी-२० सिरिजमा पनि नेपाल पराजित

काठमाडौं । नेपालले त्रिकोणात्मक टी-२० सिरिजमा खराब सुरुवात गरेको छ । गएराती सम्पन्न क्यानडाविरुद्धको पहिलो …

प्रतिकृया दिनुहॊस