काठमाडौं । उपत्यका निर्माण व्यवसायी संघको नवौँ अधिवेशनबाट कृष्णप्रसाद गौतमको अध्यक्षतामा नयाँ निर्वाचित पदाधिकारीले बुधबार पद तथा गोपनीयताको सपथ लिएका छन् । नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहको उपस्थितिमा निर्वाचन अधिकृत अधिवक्ता युवककुमार गौतमले नवनिर्वाचित अध्यक्ष कृष्णप्रसाद गौतमलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको हो ।
अध्यक्ष गौतमले नवनिर्वाचित अन्य पदाधिकारीलाई पद तथा गोपनीयताको सपथ गराउनुभएको थियो । सपथ ग्रहण कार्यक्रममा महासंघका उपाध्यक्ष एवं काठमाडौं उपत्यका निर्माण व्यवसायी संघका निवर्तमान अध्यक्ष बालकृष्ण थापा, पूर्वअध्यक्ष एवं महासंघका महासचिव रोशन दाहाल, बागमती प्रदेश निर्माण व्यवसायी महासंघका महासचिव राजकुमार बुढाथोकी, उपमहासचिव भक्तबहादुर बस्नेत, सदस्य चन्द्रकुमार वाइबालगायत दुई सय ५० व्यवसायीको सहभागिता थियो ।
सपथपछि अध्यक्ष गौतमले आफू धेरै भाषण नगरी काम गरेर देखाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘मेरो कामबाट सन्तुष्ट भई तपार्इंहरूले प्रशंसा गरेको दिनमा खुसीले अंकमाल गर्नेछु । निर्वाचनमा भाग लिएर सभ्य ढंगबाट निर्वाचन सम्पन्न गराई संघलाई सहयोग गर्नुहुने संघका निवर्तमान कार्यसमितिलगायत सबैलाई धन्यवाद दिन चाहन्छु ।’
संघको वरिष्ठ उपाध्यक्षमा कविन्द्र महर्जन, प्रथम उपाध्यक्षमा वासु खड्का, द्वितीय उपाध्यक्षमा तिलकबहादुर लामा र महासचिवमा पञ्चबहादुर तामाङ (विजय) रहनुभएको छ । नीतिगत उपमहासचिवमा कृष्ण केसी (कृस), आन्तरिक उपमहासचिवमा राजन गौतम, कोषाध्यक्षमा मनोज श्रेष्ठ र सहकोषाध्यक्षमा सञ्जीव शाक्य रहनुभएको छ । महिला सदस्यमा कविता भट्टराई र अन्य सदस्यमा भक्तबहादुर तामाङ, राजुप्रसाद चौलागार्इं, हरिराम तामाङ (थोकर), सुनिल लामा, तुलसीप्रसाद गौतम, विदुर शिवाकोटी, सुवास श्रेष्ठ, राहुलजंग कार्की र म्हेन्दो लामा रहनुभएको छ ।
फागुन १२ गते निवर्तमान शहरी विकासमन्त्री बिक्रम पाण्डेले उद्घाटन गर्नुभएको रजत जयन्ती, १७औँ साधारणसभा र नवाँै अधिवेशनमा कुल मतदाता संख्या १६ सय १६ रहेकोमा ११ सय २४ जनाले मतदान गरेका थिए ।



