राष्ट्रपति भएपछि रामचन्द्र पौडेलले हस्तक्षेपकारी भूमिका खेल्नु हुन्न : प्रदीप पौडेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद प्रदीप पौडेलले राष्ट्रपति भएपछि रामचन्द्र पौडेल दलभन्दा माथि उठेर राष्ट्रकै लागि अभिभावकीय भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरेका छन् । आठ दलले बिहीबार आयोजना गरेको सांसदहरुलाई अभिमुखीकरण कार्यक्रमपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

‘राष्ट्र र संविधानका निम्ति राष्ट्रपति पदमा इमानदारीपूर्वक काम गर्ने उहाँले बताउनु भएको छ,’ उनले भने, ‘संविधानको संरक्षकको रुपमा अघि बढ्ने, हस्तक्षेपकारी भूमिका नखेल्ने, कुनै दलको प्रतिनिधि नभई राष्ट्रको अभिभावकीय भूमिका रामचन्द्र पौडेलले निर्वाह गर्ने हाम्रो विश्वास छ ।’

राष्ट्रपति निर्वाचनमा रामचन्द्र पौडेललाई भोट माग्ने र पौडेललाई जिताउन आह्वान गर्न आठ दलका शीर्ष नेताले पौडेलको पक्षमा मत मागिरहेको उनले बताए । पौडेल स्वयंले आफ्नो प्रतिबद्धता यो कार्यक्रममा राखिरहेको उनले बताएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

पक्राउ गरिएका मेयर नेपालीलाई बाग्लुङ पुर्‍याइयो

काठमाडौँ । सहकारी बचतकर्ताको रकम अपचलनमा पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पठाइएको …

प्रतिकृया दिनुहॊस