काठमाडौँ । नेकपा एकीकृत समाजवादीले राष्ट्रपतिमा नेपाली कांग्रेसका उम्मेदवार रामचन्द्र पौडेललाई मतदान गर्ने बताएका छन् । केन्द्रीय सचिवालयको ५१ औँ बैठकले यस्तो निर्णय गरेको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए ।
सरकारमा जाने प्रक्रिया सुरु भएपछि छलफल अघि बढाउने उनले बताए । पार्टीले गृह मन्त्रालय लिन लागेको हो कि भन्ने सञ्चारकर्मीको प्रश्नमा उनले यसबारे पनि अहिले कुनै कुरा नभएको बताए ।
तपाईंको प्रतिकृया




