डाबरले दियो काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख

काठमाडाैँ । डाबर नेपालले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई ३० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ।

काठमाडौंस्थित डाबर नेपालको प्रांगणमा आयोजित एक समारोहमा डाबर नेपालका अध्यक्ष तथा प्रबन्ध निर्देशक ईश्वरी राणा र विजनेस हेड (नेपाल र म्यानमार) एचएस बेदीले चाइल्ड हेल्थ काठमाडौं बाल स्वास्थ्य संस्थानका संस्थापक अध्यक्ष डा. भगवान कोइरालालाई सो रकम हस्तान्तरण गरे।

कार्यक्रममा डाबर नेपालका हेड एचआर अनिल पुरी र चाइल्ड हेल्थका एडमिन कन्सल्टेन्ट मंदार शिखर ब्यानर्जीको उपस्थिति रहेको थियो। चाइल्ड हेल्थ काठमाडौं बाल स्वास्थ्य संस्थान नेपालमा गुणस्तरीय बाल उपचार सेवा उपलब्ध गराउने र नेपालको स्वास्थ्य पूर्वाधार विस्तारमा निरन्तर सेवामा छ।

नेपालको स्वास्थ्य पूर्वाधारको विकासमा सहयोग पुर्‍याउने उद्देश्यले डाबर नेपालले नेपालमा गुणस्तरीय बालचिकित्सा हेरचाह उपलब्ध गराउन चाइल्ड हेल्थलाई सहयोग गरेको जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री