प्रहरीको भ्यानबाट फरार भएका बलात्कार आरोपी पक्राउ

काठमाडौं । प्रहरीको गाडीबाटै भागेका बलात्कार आरोपी मुखिया पक्राउ थुनुवा राजाबाबु मुखिया आज पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषा र प्रदेश प्रहरी कार्यालयको संयुक्त टोलीले मुखियालाई सीमावर्ती क्षेत्रबाट पक्राउ गरेको हो ।

धनुषा जिल्ला अदालत जनकपुरबाट म्याद थप गरी इलाका प्रहरी कार्यालय सबैला लग्ने क्रममा आइतबार साँझ यदुकोहाबाट थुनुवा मुखिया भागेका थिए ।

मुखियालाई पक्राउ गर्न ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । भ्यानमा थनुवा सुरक्षार्थ खटिएका ६ जना कर्मचारीमाथि पनि आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप