आठ दलीय कार्यदलको बैठक : २४ गते संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने निर्णय

काठमाडौँ । आठ दलीय गठबन्धनले सातै प्रदेशका सांसदहरुको भेला गर्ने भएको छ । नेपाली कांग्रेस नेतृत्वको सो गठबन्धनले सातै प्रदेशकाे राजधानीमा १९ आठ दलका प्रदेश सांसदको भेला गर्ने निर्णय गरेको हो ।

कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा आठ दलको कार्यदलको पहिलो बैठक आज बसेको थियो । कार्यदलमा उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको कार्यदलमा माओवादी केन्द्रका महासचिव देव गुरुङ, एकीकृत समाजवादीबाट महासचिव बेदुराम भूसाल, जनता समाजवादी पार्टीबाट राजेन्द्र श्रेष्ठ रहेका छन् ।

त्यस्तै जनमत पार्टीबाट अब्दुल खाँन लोकतान्त्रिक समाजवादी पार्टीबाट शरतसिंह भण्डारी, नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ र राष्ट्रिय जनमोर्चाबाट चित्रबहादुर केसी छन् ।

राष्ट्रपति निर्वाचनको अघिल्लो दिन फागुन २४ संघ र प्रदेशका सबै सांसदहरुको बृहत् भेला गर्ने र भेलालाई आठ दलका शीर्ष नेताले सम्बोधन गर्ने समेत कार्यदलले निर्णय गरेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपालले अनुदानमा मात्रै परियोजना अघि बढाउने : परराष्ट्रमन्त्री डा. राणा

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपालले हाल ऋण लिन नसक्ने स्पष्ट पार्दै चीनसँग …

प्रतिकृया दिनुहॊस