राष्ट्रपतिका उम्मेदवारद्वय पौडेल र नेम्बाङविरुद्ध परेन उजुरी

काठमाडौँ । राष्ट्रपतिका उम्मेदवारद्वय रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्बाङविरुद्ध कुनै पनि उजुरी परेको छैन । उम्मेदवारविरुद्ध दाबी विरोध वा उजुरी दिने समयसीमामा कुनै पनि उजुरी नपरेको हो ।

फागुन २५ गते हुन लागेको राष्ट्रपति पदको निर्वाचनका लागि आठ दलीय गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले फागुन १३ गते उम्मेदवारी दर्ता गराएका थिए । निर्वाचन कार्य तालिकाअनुसार दाबी विरोध वा उजुरी दिने म्याद १४ गतेसम्म तोकिएकोमा कुनै उजुरी नपरेको  निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उजुरीउपर जाँचबुझ गरी निर्णय गर्ने कार्यतालिका १४ र १५ गते निर्धारण गरिएको थियो । तर उम्मेदवारहरुविरुद्ध कुनै पनि उजुरी नपरेकाले सोही ब्यहोराको निर्णय गर्ने सहायक निर्वाचन अधिकृत एवम् प्रवक्ता अमृता कुमारी शर्माले जानकारी दिइन् ।

निर्वाचन तालिका अनुसार भोलि बिहान १० बजेदेखि अपराह्न चार बजेसम्म उम्मेदवारहरूलाई नाम फिर्ता लिने समय निर्धारण गरिएको छ । सोही दिन ५ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित हुनेछ । त्यसपछि फागुन २५ गते राष्ट्रपति पदको निर्वाचन हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री