एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आज बिहान ११ बजे बैठक बस्नेछ। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका बिषयमा छलफल हुने छ ।

पुस १० मा सरकार बन्दा एमालेले राष्ट्रपति पाउने सहमति भएपनि राष्ट्रपति निर्वाचनमा समीकरण फेरिएको छ । सत्तासीन माओवादी केन्द्रले राष्ट्रपतिमा कांग्रेस उम्मेदवार रामचन्द्र पौडेललाई समर्थन गरेको छ ।

पौडेललाई कांग्रेस, माओवादी, एकीकृत समाजवादी, जसपा, जनमत, लोसपला, नागरिक उन्मुक्ति पार्टी र जनमोर्चाको समर्थन छ । एमालेले पार्टीका उपाध्यक्ष सुवास नेम्वाङलाई राष्ट्रपति पदको उम्मेदवार बनाएको छ । राष्ट्रपतिको निर्वाचन यही फागुन २५ गते हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री