माधवलाई अघि सार्ने प्रचण्ड-उपेन्द्रको तयारीपछि दबाबमा देउवा

काठमाडौँ । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई राष्ट्रपतिको उम्मेदवारका रूपमा अघि सार्ने तयारी भएको छ । नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादीले नेकपा एसका अध्यक्ष नेपाललाई अघि सार्ने तयारी गरेका हुन् ।

सिंहदरबारस्थित माओवादी केन्द्र संसदीय दलको कार्यालयमा बिहीबार साँझ बसेको तीन दलको बैठकमा अध्यक्ष नेपाललाई राष्ट्रपतिका रूपमा अघि सार्न र राष्ट्रिय सहमति खोज्न नेपाली कांग्रेस र नेकपा एमालेसँग समेत संवाद गर्ने सहमति भएको हो । एक मोर्चा बनाएर अघि बढ्नेबारे छलफल गरेका यी तीन दलले आज कांग्रेस र एमालेसँग संवाद गरेर सकभर राष्ट्रिय सहमति जुटाउन प्रयास गरिने बताएका छन् ।

यसअघि कांग्रेससहित चारै दलका नेताको बैठक बिहीबारै बस्ने तयारी गरिएको भए पनि अन्तिममा आज बिहानका लागि सारिएको थियो । यसअघि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री प्रचण्डलाई बुधबार बालुवाटारमा भेटेर ओलीले पार्टीका तर्फबाट नेपाललाई राष्ट्रपतिको उम्मेदवार प्रस्ताव गरेका थिए । ओलीले गत शनिबार अध्यक्ष नेपाललाई भेटेर राष्ट्रपति बन्न प्रस्ताव गरेका थिए ।

तीन दलले एमाले अध्यक्ष ओलीले प्रस्ताव गरेका नेपाललाई अघि सार्ने तयारी गरेपछि कांग्रेस फेरि दबाबमा परेको छ । तर तत्कालीन चुनावताकाको गठबन्धनमा सहमति जुट्ने विश्वास राखेको छ । उसले राष्ट्रपति जसरी पनि लिने रणनीति बनाएको छ । त्यसको लागि अध्यक्ष नेपाललाई निश्चित अवधि प्रधानमन्त्री बनाउने प्रस्ताव राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सर्वोच्च अदालतले खारेज गर्‍यो दुर्गा प्रसाईंको रिट

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । दुर्गा प्रसाईंले गैरकानुनी …

प्रतिकृया दिनुहॊस