काठमाडौँ । राष्ट्रपतिको उम्मेदवारबारे निर्णय लिन नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । बिहान ११ बजेबाट शुरु हुने बैठकले भावी राष्ट्रपतिको उम्मेदवारी दिनेबारेमा औपचारिक धारणा सार्वजनिक गर्ने भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग बुधबार भएको भेटमा निर्वाचन अघिको गठबन्धन ब्युँताउने समझदारी भएपछि उत्साहित कांग्रेसले आज बस्ने कार्यकारिणीको बैठकबाट राष्ट्रपतिको उम्मेदवारी दिने औपचारिक निर्णय गर्ने बुझिएको छ ।
नाम भने बैठकबाट सार्वजनिक नगरिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेललाई अघि सारेर जानेमा कांग्रेसका नेता एकमत देखिएका छन् । हिजोको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई पुरानो गठबन्धन ब्युँताउनेबारे प्रस्ताव गरेका थिए । जवाफमा प्रधानमन्त्री प्रचण्डले पार्टीमा छलफल गर्ने बताएका थिए ।
प्रतिकृया दिनुहॊस