काठमाडौं । ‘काठमाडौं भ्यूटावर’ निर्माण गरिरहेका ठेकेदार मनोज भेटवाल पक्राउ परेका छन् । उनी इनोभेटिभ कन्सेप्ट नेपाल प्रालिका सञ्चालक हुन् ।
भेटवालविरुद्ध चेक बाउन्ससम्बन्धी उजुरी परेपछि पक्राउ परेका जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिएका छन् । भेटवाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको एसएसपी कार्कीले बताए ।
तत्कालीन एपेक्स डेभलपमेन्ट बैंकमा भएको डेढ अर्ब बढी घोटाला काण्डमा यसअघि पनि उनी तानिएका थिए । ‘क’ वर्गका ठेकेदार भेटुवाललाई यसअघि पनि प्रहरीले पक्राउ गरेको थियो । भेटवालले बैकका कर्मचारीको मिलोमतोमा कमसल जग्गा धितो राखेर ११ करोड ९० लाखभन्दा बढी ऋण लिएको देखिएको यसअघि नै अनुसन्धानबाट खुलेको थियो ।
तपाईंको प्रतिकृया




