टेलिभिजनका दर्शकलाई सहुलियत दिने नीति ल्याउने तयारी

काठमाडौं । सरकारले टेलिभिजन दर्शकलाई सहुलियत दिने नीति ल्याउने भएको छ । सूचना तथा सञ्चार मन्त्रालयले विदेशी च्यानलको हकमा पैसा तिरेर च्यानलको सुविधा लिने प्रणाली(अलाकार्ट) प्रणाली लागू गर्न लागेको हो ।

सूचना तथा सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालले पे एण्ड सर्भिस प्रणाली लागू गर्न लागिएको जानकारी दिए । “टेलिभिजनमा नयाँ प्रणाली लागू गर्न लागिएको छ,” अर्यालले भने ।

अलाकार्ट प्रणाली लागू भएपछि विदेशी शुल्क लिएर आउने च्यानल हेर्न चाहेमा पैसा तिर्नुपर्छ नचाहेमा पर्दैन । सूचना तथा सञ्चार मन्त्रालयले अलाकार्ट प्रणाली लागू गर्न अहिले सरोकारवालासँग छलफल गरिरहेको छ ।

एक महिनाभित्र यो प्रणाली लागू गर्ने तयारी मन्त्रालयको रहेको छ । विदेशका धेरैजसो देशमा यो प्रणाली लागू हुने छ । डिटिएच सेवा प्रदायक डिसहोमका प्रवन्ध निर्देशक सुदिप आचार्य डिजिटलमा गएपछि ग्राहकलाई कुन च्यानल हेर्ने वा नहेर्ने अधिकार दिनुपर्ने हुँदा अलाकार्ट प्रविधि चाहिने बताउँछन् ।

“यो प्रणाली लागू भएपछि नेपाली च्यानल सहित निःशुल्क आउने छ,” आचार्यले बाह्रखरीसँग भने, “पैसा पर्ने च्यानलको हकमा ग्राहकले रोजेर पैसा तिर्नेछन् ।”

अहिले ग्राहकले आफूलाई आवश्यक नभएको च्यानल हेर्दा समेत पैसा तिनुपर्ने बाध्यता रहेको छ । यो व्यवस्था लागू भएपछि आवश्यकता नभएको च्यानल हेर्नको लागि पैसा तिर्नु पर्दैन । पैसा तिरेर आफुलाई मन लागेको च्यानल हेर्दा हुने सुविधा ग्राहकलाई प्राप्त हुन्छ ।

टेलिभिजन सेवा प्रदायक कम्पनी तथा डिटिएच सेवा प्रदायकले यो प्रणाली लागू गर्न सञ्चार मन्त्रालयलाई अनुरोध गरेका छन् । यसले नेपालमा आउने च्यानलको स्तरियता बढ्ने र आवश्यक्ता अनुसारको मात्र च्यानल हेर्ने सुविधा ग्राहकलाई प्राप्त हुने छ ।

“यो प्रणाली लागू भएपछि विदेशी च्यानलले नेपालको केन्द्रित बिजनेश गर्नुपर्ने हुन्छ,” आचार्यले भने, “ग्राहकले आवश्यक नपर्ने च्यानललाई अहिलेजस्तो पैसा तिर्नु पर्दैन ।”

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सौगात अभिनीत ‘बम बहादुर’को टिजर सार्वजनिक (भिडिओ)

काठमाडौँ । अभिनेता सौगात मल्लको प्रमुख अभिनय रहेको नेपाली चलचित्र ‘बम बहादुर’को टिजर सार्वजनिक गरिएको …

प्रतिकृया दिनुहॊस