मिस्टर, मिस एन्ड मिसेस नेशनल आयोजना हुने

काठमाडौँ । सौन्दर्य प्रतियोगीता ‘मिस्टर, मिस एन्ड मिसेस नेशनल २०२३’ आयोजना हुने भएको छ । कराओके इन्टरटेनमेन्टले राष्ट्रको विकासमा टेवा दिने अभिरुचि रहेका युवा, युवती र विवाहित महिलाको प्रतिभा निखार्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागेको हो ।

कराओके इन्टरटेनमेन्टका संस्थापक अध्यक्ष खगेश रञ्जितले युवा, युवती र महिलामा लुकेको प्रतिभा प्रस्फुटन गरी राष्ट्रलाई विश्वमा चिनाउन यो प्रतियोगिता गर्न लागेको बताए ।

पूर्वकुमारी तथा सङ्गीतकर्मी मिस नेसनल समिता बज्राचार्यको कोरियोग्राफी रहने प्रतियोगिताको तालिम कोरिएन बार्बेक्यु, भनिमण्डल ललितपुरमा हुनेछ । होटल यलो प्यागोडामा अन्तिम प्रतिस्पर्धा हुने प्रतियोगिताको प्रतियोगीलाई ग्रुमिङ्ग सेसन रोजिन शाक्यले गराउनेछन् भने अन्य विभिन्न विधाको विज्ञबाट पनि तालिम दिइनेछ ।

प्रतियोगिताका विजेताले उपाधिको साथमा विभिन्न अवसर पुरस्कारको रूपमा प्राप्त गर्ने आयोजकले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

हरिभक्त बुढाथोकीको ‘बुढेसकाल’

काठमाडौं । गीतकार हरिभक्त बुढाथोकीको नयाँ गीत ‘बुढेसकाल’ सार्वजनिक भएको छ । मदनकृष्ण श्रेष्ठको स्वर, …

प्रतिकृया दिनुहॊस