काठमाडौंमा चाडपर्वलाई लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडाैं । महानगरीय प्रहरी परिसर काठमाडौले दसैं, तिहारजस्ता चाडलाई लक्षित गरेर विशेष सुरक्षा योजना लागू गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले आइतबार पत्रकार सम्मेलन गरी दसैं, तिहारलगायतका चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरिएको जानकारी गराइएको हो ।

आइतबार परिसरमा आयोजित पत्रकार सम्मेलनमा दशैं, तिहार, छठ लगायतका चाडपर्वको समय हुन सक्ने सम्भावित सुरक्षा खतरालाई विश्लेषण गरेर सुरक्षा व्यवस्था कडा बनाइएको जानकारी दिइएको हो । परिसरका प्रमुख एसएसपी वसन्त लामाका अनुसार काठमाडौंमा हाल ३ हजार ५ सय ३५ जना सुरक्षाकर्मी खटाइएको छ । विशेष सुरक्षा योजना अन्तरगत परिसरले काठमाडौंको विभिन्न १४ स्थानमा सादासहितका प्रहरी टोली परिचालन गरेको छ ।

त्यसैगरी चाठपर्वमा बढी भीड हुने स्थानहरु बस टिकट काउन्टर, बैंक तथा वित्तीय संस्था, ठूल्ठूला सपिङ मल र काठमाडौंका मुख्यमुख्य नाकाहरुमा विशेष निगरानीका साथ प्रहरीहरु परिचालन गरिएको पनि प्रमुख लामाले बताए । उनका अनुसार उपत्यका भित्रिने र बाहिसिरने नाकाहरु थानकोट, नागढुंगा, जगाती, फर्पिङ, बालाजु लगायतमा प्रहरीको तालिम प्राप्त कुकुरसहितको टोलीले चेकजाँच गर्नेछ ।

नागरिकको जीउ धनको सुरक्षाका लागि काठमाडौंको विभिन्न स्थानमा ६० वटा गस्ती टोली पनि परिसरले परिचालन गरेको छ । गस्ती टोलीले दसैंमा उपत्यका बाहिर जाने यात्रुहरुलाई सहज रुपमा यात्रा गर्ने वातावरण बनाउन ट्राफिक प्रहरीसँग आवश्यक सहकार्य पनि गर्नेछ । प्रहरीले चाडपर्वको समयमा कुनै घटना भइहालेको खण्डमा तत्काल परिचालन गर्नका लागि २५ वटा टोली पनि तयारी अवस्थामा राखेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

चिचिला भिरमा युवकको शव

काठमाडौं । संखुवासभाको चिचिला गाउँपालिकामा आज एक युवकको शव भिरमा फालिएको अवस्थामा फेला परेको छ …

प्रतिकृया दिनुहॊस