काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २०० रुपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा एक लाख तीन हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार उक्त सुन तोलामा एक लाख तीन हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।
आज तेजाबी सुन तोलामा एक लाख दुई हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
तपाईंको प्रतिकृया




