सहकारीको बचत रकम फिर्ता माग्दै मन्त्री मोदीलाई बुझाए ज्ञापनपत्र

काठमाडाैं । विराटनगरको ठूलो सहकारीको रुपमा स्थापित तुलसी बहुमुखी सहकारीका बचतकर्ताहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमन लाल मोदीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सोमबार विराटनगरमा मन्त्री मोदीलाई भेट्दै बचतकर्ताहरुले आफूहरुको बचत रकम फिर्ताका लागि पहकलदकमी लिनका लागि ज्ञापनपत्र बुझाएका हुन् ।

“विराटनगरमा सञ्चालन भएको तुलसी बहुमुखी सहकारी संस्था लि.ले हजारौँ बचतकर्ताहरुको बचत फिर्ता गर्न नसकेकाले खुन पसिना गरेर बचत गरेको रकम डुब्ला भन्ने आशंका रहेको र त्यस संस्थाको पदाधिकारीहरु पनि केही सम्पर्क विहिन भएकाले सम्पूर्ण बचतकर्ताहरुको ध्यानलाई दृष्टिगत गरी बचतकर्ताहरुको बचत फिर्ता गर्न जस्तोसुकै कदमका लागि आवश्यक पहल गरिदिनुहुन विनम्र अनुरोध गर्दछौँ” बचतकर्ताहरुले मन्त्री मोदीलाई बुझाएको ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझ्दै मन्त्री मोदीले आफूले बचतकर्ताहरुको रकम सुरक्षित तरिकाबाट फिर्ता गराउनका लागि पहलकदमी लिनका लागि प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिइसकेको बताए । “तपाईहरुको रकम फिर्ता गराउनका लागि मैले प्रमुख जिल्ला अधिकारीज्युलाई निर्देशन दिइसकेको छु, बचत रकम फिर्ता गराउनका लागि सरकारको तर्फबाट म भूमिका निर्वाह गर्ने विश्वास तपाईहरुलाई दिलाउन चाहन्छु ।” ज्ञापनपत्र बुझ्ने क्रममा मन्त्री मोदीले भने ।

ज्ञापनपत्र बुझाउने क्रममा बचतकर्ताहरुको तर्फबाट प्रेम प्रसाद आचार्यले आफूहरुलाई न्याय दिलाउनका लागि पहलकदमी लिइदिन मन्त्री मोदीसमक्ष आग्रह गरेका थिए ।

२०७१ सालमा स्थापना भएको तुलसी बहुमुखी सहकारीले बचतकर्तालाई आकर्षक ब्याज दिने भन्दै जम्मा गरेको रकम दिन आलटाल गरेपछि बचतकर्ता आन्दोलित भएका थिए । सहकारीमा भुक्तानी असन्तुलन भएका कारण यस्तो समस्या आएको सञ्चालकले बताउने गरेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

३०० सीमान्तकृत युवाहरूको डिजिटल सशक्तिकरण र रोजगारी दिइने (भिडियोसहित)

काठमाडौं । क्लाउडफ्याक्ट्री नेपालद्वारा स्किल ल्याब एशियासँगको साझेदारीमा ‘क्लाउडफ्याक्ट्री नेपाल डिजिटल सशक्तिकरण अभियान’ सुरुवातको घोषणा …

प्रतिकृया दिनुहॊस