राष्ट्रपतिबारे निर्णय गर्ने अधिकार प्रचण्डलाई

काठमाडौं । नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको विषयमा अन्तिम निर्णय गर्ने अधिकार प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको छ । पार्टी कार्यालयमा बसेको पदाधिकारी बैठकले प्रचण्डलाई अन्तिम निर्णय गर्ने अधिकार दिइएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिएका छन् ।

उनले राष्ट्रपतिमा राष्ट्रिय सहमति खोज्ने विषयमै छलफल भएको र कुनै व्यक्तिका विषयमा छलफल नभएको स्पष्ट पारे । ‘हामीले कुनै व्यक्तिका विषयमा छलफल गरेनौं । राष्ट्रिय सहमतिकै खोजी गर्नेमा सहमत भयौं,’ उनले भने । कहिलेसम्म राष्ट्रिय सहमतिको खोजी हुन्छ ? भन्ने प्रश्नमा प्रवक्ता शर्माले १३ गते मनोनयन दर्ता रहेकाले १२ गतेसम्म अवश्य सहमति हुने बताएका छन् ।

उनले संविधानको रक्षाका लागि नै माओवादीले राष्ट्रिय सहमति खोजेको बताए । यद्यपि बैठक अगाडि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भएको छलफलबारे उनी केही बताउन चाहेनन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकी सहयोगमा २१ मिलियन डलरको खाद्य सुरक्षा परियोजना

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई …

प्रतिकृया दिनुहॊस