एमालेबाट अलग भएका दुर्गा प्रसाईँ अब कता ?

काठमाडौँ । एमाले केन्द्रीय सदस्य तथा व्यवसायी दुर्गा प्रसाईँले पार्टी परित्याग गरेका छन् । उनले आइतबार आफू एमालेबाट अलग भएको घोषणा गरेका हुन् ।

प्रसाईँले केही दिनअघि झापाको मेचीबाट महाअभियानको घोषणा गरेका थिए । हिन्दुराष्ट र राजसंस्था पुनः स्थापनाको पक्षमा अभिव्यक्ति दिँदै भएको उनले सो अभियानमा पूर्व राजपरिवारका सदस्यलाई पनि सहभागी गराएका थिए । त्यसपछि एमालेको स्थानीय कमिटीले केन्द्रमा कारबाही सिफारिस गरेको थियो ।पार्टीले निर्णय नलिँदै उनी आफैँले एमालेबाट अलग भएका हुन् ।

पार्टीले ०७८ मङ्सिर २६ गते प्रसाईँलाई केन्द्रीय समितिमा मनोनीत गरेको थियो । विगतमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’निकट उनी पछिल्लो समय एमाले अध्यक्ष केपी शर्मा ओलीका विश्वासपात्र बनेका थिए । हाल प्रसाईँ पूर्वराजासँग नजिकिएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कठिनाइहरूलाई नचिरी पार्टी स्थापित हुन सक्दैन : सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले ४ मन्त्रीले सिंगो देशको ध्यान तानेको …

प्रतिकृया दिनुहॊस