नागरिक उन्मुक्ति पार्टीका सांसद चौधरी कैलाली कारागारबाट रिहा

काठमाडाैँ ।। नागरिक उन्मुक्ति पार्टीका निलम्बित प्रतिनिधि सभा सदस्य अरुणकुमार चौधरी कैलाली कारागारबाट  रिहा भएका छन् । प्रजातन्त्र दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको आममाफी सूचीमा सांसद चौधरीको पनि नाम समावेश भएपछि उनी रिहा भएका हुन् ।

उनीसहित कैलाली कारागारबाट चार जना रिहा भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रजातन्त्र दिवसको उपलक्ष्यमा ३९५ जना कैदीको सजाय माफी गरिदिएकी हुन् । रिहा भएलगत्तै उनको स्वागतका लागि नागरिक उन्मुक्तिको अध्यक्ष रञ्जिता श्रेष्ठ कारागार पुगेकी थिइन् । पार्टीका अन्य नेता, कार्यकर्ता र शुभेच्छुकले उनलाई अबीर र खादा लगाइदिएका थिए ।

चौधरीलाई विसं २०६६ सालमा ट्याक्टरमा आगजनी गरेको घटनामा अदालतले दोषी ठहर गरेर ६ महिना कैद सजाय सुनाइएको थियो । तर उनले कैद भुक्तान भने गरेका थिएनन् । गत मंसिर ४ गते भएको प्रतिनिधि सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएर उनले सांसद पद जितेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

आयुर्वेदलाई अझ अगाडि बढाउन अनुसन्धानमा ध्यान दिनुपर्छ : डा. वसन्त पन्त (भिडियोसहित)

काठमाडौं । आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँले ‘औषधिजन्य जडीबुटी मेला’को आयोजना गरेको छ । शनिबार …

प्रतिकृया दिनुहॊस