गौशाला क्षेत्रमा ठुला सवारी प्रवेश निषेध, यसरी हुँदैछ ट्राफिक व्यवस्थापन

काठमाडौँ । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले महाशिवरात्री पर्वका अवसरमा पशुपति क्षेत्रमा हुने यात्रुको भिडलाई मध्येनजर गर्दै सवारी साधनको रुट व्यवस्थापन गरेको छ ।

महाशिवरात्रीका कारण शुक्रबार रातीदेखि नै पशुपतिनाथ मन्दिर परिसरमा भक्तजनको भीड बढ्ने र ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुने भएकोले नयाँ रुटमा डाइभर्ट गर्दै सवारी साधनको रुट व्यवस्थापन गरेको जनाएको छ । सवारी पार्कीका लागि समेत ट्राफिक प्रहरीले निश्चित ठाउँहरुको व्यवस्था गरेको छ ।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गौशाला क्षेत्रतर्फ जाने सवारी साधनलाई चावहिल, पुरानोबानेश्वर, ज्ञानेश्वर, मैतीदेवीमोड, रातोपुल, सेतोपुल, कालोपुल, सिफलचौर, कुटुवहाल, गौरीघाट र तिलगंगाबाटै डाईभर्सन गरिने भएको छ ।

त्यसैगरी मालवहाक सवारी साधानहरूलाई भने तीनकुने, जोरपाटी, चुच्चेपाटी, सिनामंगलपुल र बसुन्धाराबाटै डाईभर्सन गरिने भएको छ ।

यसरी निर्धारण गरिएको छ सवारी साधनका रुट

बस तथा माईक्रोबसहरू
रत्नपार्क, भद्रकाली, सिंहदरबार, माईतीघर, नयाँबानेश्वर, तिनकुने, सिनामंगल हुँदै तिलगंगासम्म पुग्ने र सोहीमार्ग हुदैं रत्नपार्क फिर्ता हुने ।

रत्नपार्क, भद्रकाली, नागस्थान, भोटाहिटी, जमल, केशरमहल, खानीविभाग, लाजिम्पाट, नारायणगोपाल चोक, चावहिल, बौद्ध, जोरपाटी, साँखुसम्म पुग्ने र सोहीमार्ग हुदैँ जमल सम्म तत्पश्चात महेन्द्रशालिक तिनधारा पाठशाला हुदैं रत्नपार्क फिर्ता हुने ।

कालोपुल हुँदै कपन चल्ने सवारी साधनहरू खानीविभाग, लाजिम्पाट हुदैं महाराजगंजको बाटो चलाउने ।

माइक्रोबस तथा टेम्पोहरू
सुन्धाराबाट मैतीदेवी, पुरानो बानेश्वर, चावहिल हुँदै बौद्ध तर्फ चल्ने माइक्रोबस तथा टेम्पोहरू महेन्द्रशालिक, कृष्णपाउरोटी, जयनेपाल, सिंहदोबाटो, नक्साल, भगवतीबहाल, सानोगौचरण, सिफल उकालो, चावहिल गणेशस्थान, चावहिल हुँदै जोरपाटी मार्ग हुदैं चलाउने ।

जोरपाटी बौद्धबाट सुन्धारा आउने माइक्रोबस तथा टेम्पोहरू चावहिल, नारायणगोपाल चोक, लाजिम्पाट, केशरमहल, जमल, घण्टाघर हुँदै सुन्धारा चलाउने ।

मालवाहक सवारी साधनहरू
जोरपाटी, बौद्ध, चावहिल हुँदै महाराजगञ्जतर्फ जाने मालवाहक सवारी साधनहरु चुच्चेपाटी, भृकुटीचोक, गोपीकृष्णहल हुदैं सुकेधारा, महाराजगञ्ज तर्फ जानु पर्ने ।

कोटेश्वर, तिनकुने, गौशाला हुँदै बौद्ध वा सुकेधारा तर्फ जाने मालवाह सवारी साधनहरू कोटेश्वर, सातदोबाटो, कलंकी, महाराजगंज र बौद्ध जाने मालवाहक सवारी साधनहरू गोपीकृष्णहल, कपन, महाँकाल, चुच्चेपाटी हुदैं बौद्ध तर्फ जाने ।

कोटेश्वर तिनकुने हुँदै पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू तीनकुनेसम्म जान सक्नेछन्।

महाराजगंज, चावहिल हुदैं पशुपती वरपर पुग्नु पर्ने मालवाहक सवारी साधनहरू बसुन्धारासम्म पुग्न सक्ने ।

कोटेश्वर वा गठ्ठाघरबाट बौद्ध जोरपाटी जाने मालवाहक सवारी साधनहरु जडिबुटी, पेप्सीकोला, गोठाटार पुल हुँदै बौद्ध जोरपाटीसम्म पुग्न सक्ने।

पार्किङ्ग व्यवस्थापन
१ तीलगंगा आँखा अस्पताल अगाडि ९ तीर्थयात्री, दर्शनार्थी र पर्यटक (विदेशी) हरूका सवारी साधनहरु ।

२ देवउद्यानस्थित कोषको कार्यालय र भण्डारखाल पास वाहक सरकारी र प्रहरीका सवारीका साधनहरु मात्र ।

३ सिफल चौर पासवाला सवारी साधन र स्थानीय दर्शनार्थीका सवारी साधनहरू ।

४ गुह्येश्वरी पारी, गोठाटार, जोरपाटी, मूलपानी, गोकर्ण बौद्धतर्फबाट आउने तीर्थयात्रीहरूका सवारी साधनहरू ।

५ वनकाली क्षेत्र, महाशिवरात्रिको अवसरमा शिविर संचालन गर्ने संघ संस्थाहरुको सवारी साधन, दमकल, एम्बुलेन्स र खानेपानीका ट्याङ्करहरु ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कालीकोट जीप दुर्घटना : यी हुन् मृत्तक र घाइते (नामसहित)

काठमाडौं । कालिकोट जीप दुर्घटनामा गम्भीर घाइते आठ जनालाई सुर्खेत ल्याइएको छ । पलाँता गाउँपालिका–३ …

प्रतिकृया दिनुहॊस