काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनको निवास बालकोट पुगेका छन् । शुक्रबार अपराह्न प्रधानमन्त्री प्रचण्ड ओली निवास बालकोट पुगेका हुन् ।
राष्ट्रपति चयनका विषयमा गठबन्धनमा विवाद कायम रहेको बेला दुई शीर्ष नेताबीच फेरी छलफल भइरहेको छ । साथै सरकारलाई पूर्णता दिने र वर्तमान राजनीतिक घटनाक्रमका बारेमा पनि छलफल भएको बताइएको छ ।
विशेष गरी एमालेले पूर्वसहमति अनुसार राष्ट्रपतिमा गठबन्धनबाट आफ्नो उम्मेदवार हुनेपर्ने अडान राख्दै आएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिको चयन राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएको छ ।
प्रतिकृया दिनुहॊस