मुम्बईमा सांसद भण्डारीको उपचार जारी

काठमाडाैँ । नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य डा. चन्द्रकान्त भण्डारीको भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा उपचार भइरहेको छ ।

चिकित्सक डा. सुनिल केस्वानी, डा. सन्दीप मिस्त्री र डा. अमुलको परामर्शअनुसार नेता भण्डारीको पारामिटर सामान्य छ । तर, ४८ घण्टा भेन्टिलेटरमै राखेर उपचार गर्ने मुम्बईमा रहेका कांग्रेसका नेता योगराज कँडेलले जानकारी दिए ।

नेता भण्डारीको हृदयको चाल सामान्य रहेको, एन्टिबायोटिक्स लगातार गर्ने र शरीरमा फ्लुडको मात्रा दोब्बर पार्ने चिकित्सकले जनाएका छन् । बिहान पहिलो र दिउँसो दोस्रो शल्यक्रिया गर्ने तयारी गरिएको नेता कँडेलले जानकारी दिए । नेपालमा उपचार सम्भव नभएपछि भण्डारीलाई बिहीबार दिउँसो भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टर लगिएको थियो ।

उनको यसअघि कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । अस्पतालले उपलब्ध साधन र स्रोतबाट उपचार नेपालमा सहज नहुने भन्दै देश बाहिर लैजान सिफारिस गरेको थियो ।

आफ्नो निवासमा ग्यास लिक भई बुधबार राति आगलागी हुँदा सांसद भण्डारी र आमा हरिकला घाइते भएका थिए। उपचारकै क्रममा बिहीबार बिहान आमाको निधन भएको थियो । अस्पतालका अनुसार नेता भण्डारीको अनुहार दुवै हात र दुवै गोडामा गरी करिब ३० प्रतिशत जलन भएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री