स्रोत नखुलेको एक लाख भारतीय रुपैयासहित एक जना पक्राउ

काठमाडौं । बाराको विश्रामपुरबाट एक लाख भारतीय रुपैयासहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका १२ मटिअर्वाका ४० वर्षीय राकेशकुमार साह कलवार रहेका छन् ।

साहलाई प्रहरीले बलिरामपुरस्थित मुसहर्वा नाकाबाट नियन्त्रणमा लिएको हो । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउदै गरेका साहलाई चेकजाँच गर्दा उनको साथबाट भारतीय एक लाख पाँच सय रुपैया फेला पारेको प्रहरीले जनाएको छ ।

चेकजाँचका क्रममा रकमको स्रोत नखुलेको र उनको साथबाट पाँच सय रुपैयाको दुई सय एक थान भारतीय रुपैया बरामद गरेको प्रहरीको भनाइ छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री