चन्द्र भण्डारी खतरामुक्त, आज दुई शल्यक्रिया गरिने

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद डा. चन्द्र भण्डारीको अवस्था खतरामुक्त भएको चिकित्सकहरूले बताएका छन् । भारतको मुम्बईमा गराइरहेका उनको स्वास्थ्य सामान्य रहेको हो ।

भण्डारीका सहयोगी माधव न्यौपानेकाअनुसार राती साढे १० बजे चिकित्सकहरूले शरीरमा फ्लुडको मात्रा डवल गरेका छन् । ‘सबै हेल्थ पारामिटरहरू नर्मल रहेका छन् । हृदयको चाल पनि नर्मल रहेको र आत्तिनु नपर्ने जानकारी रहेको ब्यहोरा सबैमा जानकारी गराउँदछु,’ उनले भनेका छन् ।

आज दुईवटा शल्यक्रिया गरिने भएको छ । बिहान साढे १० बजे र पहिलो र दिउँसो साढे १ बजे दोस्रो शल्यक्रिया गर्ने तय भएको न्यौपानेले बताए । सांसद भण्डारीलाई बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।

भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहीबार बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ । काठमाडौँको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास लिक हुँदा भएको आगलागीमा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई बुधबार राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री