सांसद चन्द्र भण्डारीलाई मुम्बई लगियो

काठमाडौं । ग्यास लिकपछि आगलागीबाट घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लगिएको छ । उनलाई दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत मुम्बई लगिएको हो ।

मुम्बईस्थित नेसनल बर्न्स सेन्टरमा उनको उपचार हुनेछ । भण्डारीलाई मुम्बईसम्म पुर्‍याउनका लागि नर्भिक अन्तर्राष्ट्रिय अस्पतालको ‘मेडिकल एयर इभ्याक्युएसन’ टोली संलग्न छ । चिकित्सकहरूको सल्लाहबमोजिम सांसद भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको हो ।

भण्डारीको स्वास्थ्य अवस्था जटिल भएकाले थप उपचारका लागि नेपाल बाहिरको सुविधासम्पन अस्पतालमा लैजान किर्तिपुर अस्पतालका चिकित्सकहरुले सिफारिस गरेका थिए । सांसद भण्डारीकी ८६ वर्षीया आमा हरिकला भण्डारीको भने बिहान उपचारका क्रममा कीर्तिपुर अस्पतालमा निधन भएको छ ।

काठमाडौंको बुद्धनगरस्थित घरमा बुधबार राति साढे १० बजे ग्यास सिलिन्डर विस्फोट हुँदा भण्डारी र उनकी आमा जलेर घाइते भएका थिए । उनीहरूलाई राति नै कीर्तिपुर अस्पताल लगिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री