स्रोत नखुलेको सम्पत्तिलाई वैधता नदेऊ : कमल थापा

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउन सरकारले ऐन संशोधन गर्न लागेकोप्रति आपत्ति जनाएका छन् । सामाजिक सञ्जालमार्फत अध्यक्ष थापाले ऐन संशोधन गरेर स्रोत नखुलेको सम्पत्ति वैद्य बनाउनु भनेको भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिन खोजिएको बताएका हुन् ।

‘देश अहिले भ्रष्टाचारको महारोगबाट आक्रान्त छ, यसैबिच स्रोत नखुलेको सम्पत्ति वैध बनाउन सरकारले ऐन संशोधन गर्न खोज्नु भ्रष्टाचार र ब्रम्हलुटलाई वैधता दिने षड्यन्त्र हो,’ उनले भनेका छन्, ‘केही कर तिरेको भरमा भ्रष्टाचार र भ्रष्टाचारीलाई उन्मुक्ति दिनु अपराध हो, यस्तो कार्य हुन नदिन सम्बद्ध सबैमा आग्रह गर्दछु ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री पाण्डे, अंकगणित छैन सरकार अनुकूल

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रदेश सभाबाट विश्वासको मत लिँदैछन् । विश्वासको मत …

प्रतिकृया दिनुहॊस