सुदूरका जनताको जीवनस्तर उकास्न कृषि र पर्यटनमा जोड : मुख्यमन्त्री शाह

डम्मर बम/काठमाडौँ । 
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरका जनताको जीवनस्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताएका छन् ।

आइतबार काठमाडौँमा कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै उनले ठूला पूर्वाधार निर्माणका लागि आर्थिक समस्या हुने भएकोले सुदूरपश्चिम रहेका सम्भावनाहरूको खोजी गर्दै त्यहाँको जनताको जीवन स्तर उकास्नका लागि कृषि र पर्यटन क्षेत्रमा बढी जोड दिने बताएका हुन् ।

उनले सुदूरमा कृषि र पर्यटन क्षेत्रमा प्रचुर सम्भावना रहकोले तीनको संरक्षण र प्रवर्द्धन प्रदेश सरकारले गर्ने बताए । एक अर्को प्रसंगमा बोल्दै मुख्यमन्त्री शाहले खुला सीमाका कारण सुदूरपश्चिम लागु औषधको उच्च जोखिम रहको र त्यसले किशोर किशोरीमा नराम्रो प्रभाव पारेकोले यसलाई निर्मूल पार्न तर्फ प्रदेश सरकार सजग रहेको दाबी गरे ।

नेपाली काँग्रेस बहुलवाद मान्य पार्टी भएकोले सबै जाती धर्म पेशा समुदायको संरक्षण गर्दै कसै पनि जातका आधार धर्मका आधारमा विभेद गर्नु नहुने बताए । तीन दिनअघि सुदूरपश्चिम प्रदेश प्रमुखमा नियुक्त भएका शाह शनिबार केन्द्रीय राजधानी आएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री