देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै सेवा बन्द, उपचार सेवामा फर्किन स्वास्थ्य मन्त्रालयको आह्वान

काठमाडौँ । प्रहरीले चिकित्सकलाई कुटपिट गरेको विरोधमा नेपाल चिकित्सक संघले आज देशभरका स्वास्थ्य संस्थामा आकस्मिकबाहेक सबै बन्द गराएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारी शुक्रबार संसद् बैठकलाई सम्बोधन गरी फर्कने क्रममा सडकमा निस्किएको भन्दै प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरका वरिष्ठ अर्थोपेडिक सर्जन डा. जनिथलाल सिंहलगायत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई लाठी चार्ज गरी घाइते बनाएको थियो ।

यसैको विरोधमा संघले देशभरका सरकारी तथा गैरसरकारी, निजी, सहकारी स्वास्थ्य संस्था, अस्पताल, निजी तथा सरकारी मेडिकल कलेज, प्रतिष्ठानलगायतका सम्पूर्ण स्वास्थ्य संस्था तथा अस्पतालबाट प्रवाह हुने आकस्मिकबाहेकका अन्य सम्पूर्ण सेवाहरू बन्द गर्ने निर्णय गरेको हो ।

यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपाल चिकित्सक संघलाई आन्दोलनका कार्यक्रम फिर्ता लिएर स्वास्थ्य उपचारको नियमित काममा जुट्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार विज्ञप्ति जारी गर्दै नेपाल चिकित्सक सङ्घप्रति ध्यानाकर्षण भएको पनि बताए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री