रवि लामिछानेसहित रास्वपाका पूर्वमन्त्रीहरूले छाडे क्वार्टर

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्वमन्त्रीहरूले पुल्चोकस्थित मन्त्री क्वार्टर छाडेका छन् ।

पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसहित श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्याल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री शिशिर खनालले मन्त्री क्वार्टर छाडेका हुन् । तीनै जनाले बुझबुझारथ गरी क्वार्टर खाली गरिसकेको शहरी विकास मन्त्रालयका प्रवक्ता एवं सहसचिव प्रदीप परियारले बताए ।

लामिछाने र अर्यालले मंगलबार क्वार्टर छाडेका थिए भने खनालले बुधबार छाडेका हुन् । पूर्वस्‍वास्थ्य तथा जनसंख्या राज्यमन्त्री तोसिमा कार्की भने मन्त्री क्वार्टरमा सरेकी थिइनन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री