काठमाडौँ । राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले महिला सांसदहरुको भूमिकालाई प्रभावकारी बनाउन अन्तरक्रिया कार्यक्रम गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेकी छन् ।
शपथ ग्रहणपछि संघीय संसद सचिवालयको आफ्नो कार्यकक्षमा उनले यस्तो निर्णयमा हस्ताक्षर गरेकी हुन् ।
सत्ता गठबन्धनको साझा उम्मेद्वार बनेकी अर्याल प्रतिपक्षी दल कांग्रेसले उम्मेद्वारी नदिएपछि सर्वसम्मत रुपमा राष्ट्रिय सभा उपाध्यक्ष निर्वाचित भएकी हुन् ।
तपाईंको प्रतिकृया




