काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्दसिंह रावलले भोलि (बुधबार) विश्वासको मत लिने भएका छन् । रावलले २६ माघ भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता भएकाले भोली विश्वासको मत लिन लागेको हुन् ।
मुख्यमन्त्री रावलले भोलि ११ बजे विश्वासको मत लिने छन् । नागरिक उन्मुक्ति पार्टीले आफ्ना माग सम्बोधन नगरेको भन्दै विश्वासको मत दिन आनाकानी गरे पछि अप्ठयारोमा परेका रावललाई रेशम चौधरीको मुद्दामा सर्वोच्च अदालतले प्रत्यर्थी झिकाउने आदेश गरेसँगै मुख्यमन्त्री बनेका रावललाई विश्वासको मत लिन सहज भएको हो ।
रावलले २९ जना सांसदको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए । ५३ सदस्यीय प्रदेश सभामा बहुमतका लागि २७ सांसद आवश्यक पर्छ ।
तपाईंको प्रतिकृया




