शान्ति मिसनबाट फिर्ता सवारीसाधन दर्ता गर्न सेनाको माग

काठमाडौं । नेपाली सेनाले संयुक्त राष्ट्रसंघीय शान्ति मिसन र चीन सरकारबाट प्राप्त सवारीसाधन दर्ताका लागि माग गरेको छ।

विश्वशान्ति कार्यका लागि द्वन्दग्रस्त मुलुकमा खटिने क्रममा खरिद गरी कार्यादेश पूरा भएपछि स्वदेश ल्याइएका तथा विभिन्न समयमा चीन सरकारबाट उपहारस्वरूप सहयोग प्राप्त सवारीसाधन दर्तामा सहयोग पुर्‍याउन सेनाले माग गरेको हो।

शान्ति मिसनबाट फिर्ता र चीनबाट प्राप्त सवारीसाधनको दर्ताका अध्ययन गर्न रक्षा मन्त्रालयले अध्ययन समिति बनाएकामा प्रतिवेदनसमेत प्राप्त भइसकेको मन्त्रालयको दोस्रो त्रैमासिक प्रगति समीक्षा बैठकमा जानकारी दिइयो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री