‘अनिर्णीत’ राष्ट्रिय स्वतन्त्र पार्टीको निर्णायक बैठक आज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को निर्णायक भनिएको बैठक आज बस्दैछ । यसअघि शनिबार बसेको बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएपनि कुनै निर्णय हुन सकेको थिएन ।

पार्टीका मुख्य सचेतक सन्तोष परियारकाअनुसार बिहान साढे ११ बजे बस्ने बैठकले सरकारमा सहभागिताबारे आवश्यक निर्णय गर्नेछ । विशेषतः महत्त्वका सात हेरिएको बैठक गृह मन्त्रालय नपाएको अवस्थामा सरकारमा रहिरहने कि बाहिरिने भन्ने विषयमा टुङ्गोमा पुग्न सकेन ।

आज पुनः बैठक बस्ने गरी शनिबार बैठक सकिएको मुख्य सचेतक परियारले जानकारी दिए । ‘बैठकमा समसामयिक राजनीतिबारे कुरा गर्‍यौँ । जुन किसिमको अहिलेको अवस्था छ राष्ट्रपतिको निर्वाचनदेखि उपनिर्वाचनसम्म छलफल भयो,’ उनले भने, ‘आज साढे ११ बजे बस्ने बैठकले निर्णय गर्ने कुरा भएको छ ।’

रास्वपाले चितवन क्षेत्र नम्बर २ मा चाँडो उपनिर्वाचन गर्नुपर्ने पनि माग गरेको छ । सर्वोच्च अदालतले नागरिकता अवैध भएको ठहर गरेसँगै पार्टी सभापति रवि लामिछानेको सांसद पद गएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री