विपक्षी दलले राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंग्याउने

काठमाडौँ । नेपाली कांग्रेसले राष्ट्रियसभा उपाध्यक्षमा भोलि बिहानसम्म कसलाई उठाउने निर्णय हुने बताएको छ । कांग्रेस नेता रमेश लेखकले भोलि मनोनयन र पर्सी चुनाव रहेकाले भोलि बिहानसम्म निर्णय हुने जानकारी दिएका हुन् ।

नेपाली कांग्रेसले बोलाएको विपक्षी दलहरूको बैठकपछि नेता लेखकले संसद्मा भएका प्रतिपक्षी दलहरूसँग छलफल गरेर साझा उम्मेदवार उठाउने बताए । यसका लागि भोलि पुनः बैठक बस्नेछ ।

राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री