बारीमा नाङ्गो तार : छोइन पुग्दा शूकमायाले ज्यान गुमाइन्

काठमाडाैँ । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका २ सिमलबोटेमा करेन्ट लागेर एक जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा ३९ वर्षीया शूकमाया श्रेष्ठ रहेकी छन् ।

बाख्रा चराउन गएकी शूकमाया अबेरसम्म घर फर्केर नआए पछि खोजतलास गर्दै जाँदा बिहान घरभन्दा करिब आधा किलोमिटर टाढा करेन्ट लागि मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

बारीमा लत्रिएको बिजुलीको नाङ्गो तारमा छुन पुग्दा करेन्ट लागेर मृत्यु भएको अवस्थामा शूकमाया फेला परेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री