सनराइज बैंकले त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई आर्थिक सहयोग गर्ने

काठमाडाैं । सनराइज बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच सम्झौता भएको छ।

सम्झौताअनुसार बैंकले केन्द्रीय व्यवस्थापन विभाग, त्रिभुवन विश्वविद्यालय एमबीएसमा स्नातकोत्तरका ८ जना विपन्न र जेहेनदार विद्यार्थीहरुलाई आफ्नो अध्ययनको क्रममा थेसिस प्रयोजनको लागि चाहिने आर्थिक सहयोग गर्ने भएको छ।

देशैभरिका विद्यार्थीहरु आएर अध्ययन गर्ने यस विश्वविद्यालयमा विभिन्न संकायमा १९५९ सालदेखि अध्ययन अध्यापन हुँदै आएको छ ।

यस सहयोगले गुणस्तरीय थेसिस लेख्न विद्यार्थीहरुलाई प्रोत्साहन मिल्ने केन्द्रीय व्यवस्थापन विभागका प्रमुख प्रा.भवानी शंकर आचार्यले बताए।

बैंककोे तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुमन शर्मा र त्रिभुवनविश्वविद्यालय, केन्द्रीय व्यवस्थापन विभागका विभागीय प्रमुख प्रा.भवानी शंकर आचार्यले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्। सो हस्ताक्षर कार्यक्रममा बैंकका नायब महाप्रबन्धक रविन कुमार नेपाल लगायत त्रिविविका अन्य उच्च पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री