सुमेरु सेक्युरिटी र आइएएफएसबीच सहकार्य

काठमाडौं । सुमेरु सेक्युरिटिज र आइएएफएसबीच सहकार्यका लागि सम्झौता भएको छ । बजारमा स्टक ब्रोकर नम्बर ३९ ले परिचित सुमेरु सेक्युरिटिजका सञ्चालक प्रेम अग्रवाल र आइएएफएसका प्रबन्ध निर्देशक सुमन गौतमले एक कार्यक्रमबीच सम्झौतापत्रमा हस्ताक्षर गर्दै हरेक साताको शुक्रबार लगानीकर्तालाई निःशुल्क सेयर शिक्षा तथा सेयर सचेतनाको कार्यक्रम सञ्चालन गर्न सहकार्य गर्ने सहमति गर्नुभएको हो ।

सो अवसरमा सुमेरु सेक्युरिटिजका सञ्चालक अग्रवालले प्रशिक्षण कार्यक्रमले लगानीकर्ताको लगानी सचेतनामा सहयोग पुर्‍याउने बताउनुभयो ।

आइएएफएसले आधारभूत विश्लेषण, प्राविधिक विश्लेषण, लगानी विश्लेषण तथा पोर्टफोलियो व्यवस्थापन र स्मार्ट इन्भेस्टरलगायतका विषयमा प्रशिक्षण दिने आइएएफएसका प्रबन्ध निर्देशक गौतमले बताउनुभयो ।

कम्पनीले तालिम लिने विद्यार्थी र लगानीकर्तालाई कक्षाकोठा सत्र, लाइभ ट्रेडिङ अभ्यास, अनलाइन सपोर्ट र विशेषज्ञ परामर्श दिने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुनिल श्रेष्ठले जानकारी दिनुभयो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप