ब्याजदर घटाउन बैंकर्स संघलाई सिएनआईको आग्रह

काठमाडौं । नेपाल उद्योग परिसंघ(सिएनआई)ले नेपाल बैंकर्स संघका नवनिर्वाचित अध्यक्षसहित पदाधिकारीहरूसँग मुलुकको अर्थतन्त्रका विषयमा छलफल गरेको छ । अध्यक्ष सुनिल केसीसहित संघको नयाँ कार्यसमितिलाई स्वागत गर्दै सिएनआई अध्यक्ष विष्णुकुमार अग्रवालले उच्च ब्याजदरका कारण समग्र मागमा उच्च संकुचन आउँदा उद्योगी व्यवसायीको मनोबल खस्किएको बताउनुभयो ।

उहाँले संघको नयाँ कार्यसमितिले निक्षेपको ब्याजदर घटाउने सहमतिका लागि धन्यवाद दिँदै कर्जाको ब्याजदर घटाउन भूमिका खेल्न पनि आग्रह गर्नुभयो । मागमा आएको उच्च संकुचनका कारण साना तथा मझौला व्यवसायीले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएकाले बिनाप्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकीकरण गर्न, उद्योगहरूको प्रवद्र्धन गर्न, बेसरेटमा दुई प्रतिशतमात्रै ब्याज लगाएर कर्जा प्रवाह गर्न पनि उहाँले आग्रह गर्नुभयो ।

अध्यक्ष अग्रवालले चालु पुँजी कर्जा मार्गदर्शन संशोधनपछि पनि राष्ट्र बैंक, बैंकर, उद्योगी व्यवसायीबीच बुझाइमा एकरूपता आउन नसकिरहेकाले विज्ञसहितको हेल्प डेस्क स्थापना गरी तत्काल सञ्चालन गर्न आग्रह गर्नुभयो ।

सिएनआईले साना व्यवसायीले बैंकलाई कर्जाको किस्ता तिर्न सक्ने अवस्था नभएको भन्दै बिनाप्रोभिजन ऋणको पुनःसंरचना, पुनः तालिकीकरण गर्न, उद्योगको प्रवद्र्धन गर्न, बेसरेटमा दुई प्रतिशतमात्रै लिएर कर्जा प्रवाह गर्न आग्रह गरेको छ ।

संघका नवनिर्वाचित अध्यक्ष केसीले मुलुकको अर्थतन्त्रको अवस्था र आगामी दिनमा कसरी अघि बढ्नुपर्ने भन्ने विषयमा जानकारी गराउँदै सिएनआईले दिएका कतिपय सुझाव बैंक तथा संघले आफंै पनि गर्न सक्ने भएकाले कार्यान्वयनमा सहयोग गर्ने बताउनुभयो । अहिले बैंकहरूको प्रमुख समस्याका रूपमा बढ्दो ननप्रफिटेव लोन रहेको भन्दै उहाँले ब्याजदरका विषयमा सडक आन्दोलन नगर्नसमेत आग्रह गर्नुभयो ।

सो अवसरमा सिएनआईका उपाध्यक्षहरू कृष्णप्रसाद अधिकारी, वीरेन्द्रराज पाण्डे, हेमराज ढकालसहित सिएनआई नेशनल काउन्सिल सदस्य, नेपाल बैंकर्स संघका उपाध्यक्ष सन्तोष कोइराला, कार्यसमिति सदस्य अजयविक्रम शाह, दिपककुमार डे, सल्लाहकार अशोकशमशेर राणालगायतको उपस्थिति रहेको सिएनआईले जनाएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

केयू स्कुल अफ म्यानेजमेन्ट र एसीडीएनबीच तालिम र परामर्श सेवाको साझेदारी

काठमाडौं । काठमाण्डु युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) र एसीडीएनबीच नेपालमा विज्ञता विकाश, अनुसन्धान तथा …

प्रतिकृया दिनुहॊस