आज कुन-कुन प्रदेशमा छ बदली, वर्षा र हिमपातको सम्भावना ?

काठमाडौँ । नेपालमा अहिले पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसमविद्ले जनाएका छन् । आज देशका पहाडी भू-भागमा आंशिक बदली रही अन्य भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू-भागहरूमा हल्का हुस्सु लागिरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

दिउँसो कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै पहाडी भू-भागमा आंशिक बदली रहनेछ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागको भनाइ छ ।

राति प्रदेश-१, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहने छ । बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । तराईमा लागेको हुस्सुले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा सामान्य प्रभाव पर्न सक्ने सम्भावना रहेको विभागको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

बजेटको पक्षमा मतदान गर्न एमालेको ह्वीप

काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । …

प्रतिकृया दिनुहॊस